तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष दाहालको माग
काठमाडाैं | चैत १६, २०८१
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी केन्द्र)को कार्यालयमा आक्रमणबाट भएको क्षतिबारे आज बिहान निरीक्षण गरेपछि भएको ‘समाजवादी मोर्चा नेपाल’को बैठकमा उहाँले दोषीलाई कारबाहीको माग गर्नुभएको हो । उहाँले असामाजिक गतिविधि गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
बैठकपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सुरक्षा व्यवस्थामा भएका कमीकमजोरीको सरकारले गम्भीर रुपमा समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारलाई सुझाव दिनुभयो ।
काठमाडौं: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् । बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...
काठमाडौं: ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

